२ पुस २०८२, बुधबार | December 17, 2025

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय



काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय ८ बजे सकिँदैछ।

साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने भनिएपनि तीन घण्टा मतदान स्थल प्रवेश गर्ने समय थपिएको महासचिवका प्रत्यासी शंकर पोखरेलले जानकारी दिएका छन् । उनले ८ बजेसम्म भित्र प्रवेश गर्नेले मतदान गर्न पाउने बताए ।

नेतृत्व चयनका लागि जारी मतदान निकै सुस्त गतिमा चलिरहेको छ। केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार दिउँसो ३ बजेसम्ममा ६ सय ५० मतदान भएको हो। बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो। राति १० बजे सम्ममा मतदान प्रक्रिया सकिने अपेक्षा गरिएपनि अझै केही बेर लाग्न सक्ने आयोगले अनुमान गरेको छ ।

चुनाबी प्रतिस्पर्धा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग–अलग प्यानल रहेका छन्।

 

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ३३ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११