बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीमाथिको सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी मुद्दाको आज पेसी तोकिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दामा आज पेसी तोकिएको हो ।
सोही मुद्दाको गत हप्ता परेको पेसी हेर्न नमिल्नेमा परेको थियो । त्यसयता दुई पटक पेसी तोकिएकोमा रवि पक्षका कानुनी व्यवसायीहरूले स्थगनको निवेदन दिएर बहस रोकिएको थिए ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दै आफुलाई रिहा गर्न निवेदन दिएकोमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले लामिछानेको निवेदन अस्वीकार गरेको थियो ।
जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।



















प्रतिक्रिया