३ पुस २०८२, बिहिबार | December 18, 2025

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए



बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका सबै खेल सकीएका छन् । विहिबार विद्यालयमा भएको जिल्ला स्तरिय मावि छात्र भलिवल प्रतियोगीतामा ७ वटा विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

पहिलो खेल अक्सफोर्ड मावि र सगरमाथा माविका विचमा भएकोमा २–० ले अक्सफोर्ड विजयी भएको छ । यस्तै एभरेष्ट मावि र मणिमुकुन्दका विचमा भएको खेलमा मणिमुकुन्द सोझो सेटमा विजयी भएको छ ।

न्यु होराईजन र उजिरसिंह माविका विचमा भएकोमा सोझो सेटमा न्यु होराईजन विजयी भएको छ । यस्तै कालिका मानवज्ञान मावि र सैनामैना माविका विचमा भएको खेलमा सैनामैना मावि २–१ सेटले विजयी भएको छ ।

दिप बोर्डीङ्ग मावि र देवदह पब्लिका विचमा भएकोमा देवदह पब्लिक मावि सोझो सेटले विजयी भएको छ भने सेन्ट जोसेफ र पशुपती माविको विचमा भएको खेलमा सेन्ट जोसेफ मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको विद्यालयका खेलकुद समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए ।

यस्तै छात्र भलिवलको सातौ खेल कान्ती मावि र सिता माविका विचमा भएकोमा सिता मावि २–१ ले विजयी भएको हो ।

यस्तै छात्रा भलिवल प्रतियोगीतामा कालिका मानवज्ञान मावि र नविन माविका विचमा भएको खेलमा नविन मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै न्यु होराईजन मावि र दिप बोर्डीङ्गको विचमा भएकोका न्यु होराईजन सोझो सेटले विजयी भएको हो । यस्तै एभरेष्ट मावि र बुद्ध पब्लिकका विचमा भएकोमा २–१ ले एभरेष्ट मावि, कान्ती मावि र नविन माविका विचमा भएकोमा २–१ ले नविन मावि र कुर्वरवती मावि र सिता माविका विचमा भएको खेलमा सोझो सेटले कुवरवर्ती मावि विजयी हुँदै अघिल्लो चराणमा प्रवेश गरेको हो ।

कड्डी प्रतियोगीता तर्फ छात्र मा नविन मावि, अक्सफोर्ड मावि, ईड्न बोर्डीङ्ग , कालिका मानवज्ञान मावि, मणिमुकुन्द मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका छन् । छात्रा तर्फ पशुपती मावि, कालिका मानवज्ञान मावि, नविन मावि र कान्ती मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका हुन ।

कालिका मानवज्ञान माविले पुस ६ गते सेक्टर २ मा छात्रवृत्ती वितरण सहित सम्मान कार्यक्रम आयोजना गरेको छ भने मुल समारोह पुस ७ गते कालिकानगर सेक्टर १ मा भव्य समारोहका विचमा हुने छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १० : ३४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको