११ भदौ २०८३, बिहिबार | August 27, 2026

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै



नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ २०२५’ हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नाट्टा बाँके च्याप्टरको संयोजनमा ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ २०२५’ आयोजना हुने भएको हो ।

कार्यक्रममा भारत उत्तर प्रदेशका विभिन्न शहरहरु लखनउ, आग्रा, कानपुर, रायबरेली, गोरखपुर, बहराइच लगायतका शहरहरुका टुर अप्रेटर, वीडिङ्ग डेस्टिनेशन प्लानर र संचारकर्मीहरु गरि झण्डै ५० पर्यटन प्रतिनिधिको सहभागिता रहने नाट्टा बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

कक्लेभमा पर्यटन र पर्यटकका विषयमा नेपाल भारत दुई देश बीचका बोर्डर इस्स्यु , पर्यटन अन्तर सम्बन्ध र नेपालगन्ज भारतिय बिबाह तथा अन्य इभेन्टका लागि गन्तब्य बन्न सक्छ भन्ने लगायतका विषयमा अन्तरसंवाद हुने उनले बताए ।

उनका अनुसार नेपाली पर्यटन व्यवसायी र पर्यटन जानकारहरु सम्मीलित यस इभेन्टमा व्यापार साटासाट बस् टु बी सेसनका लागि नेपाली पर्यटन व्यवसायीहरु ट्राभल एजेन्सी,एअरलाइन्स, होटेलियर , क्यासिनो लगायतका झण्डै अढाइ दर्जन स्टल बुक भएका छन् ।

होटल सिद्धार्थ कारकाँदोमा संचालन हुने कार्यक्रममा भारतिय पाहुनाहरु र अन्य सरोकारवाला हरु आज १९ डिसेम्बर बेलुका सम्म नेपालगन्ज आइपुग्ने सिग्देलले जनाए । दुई रात तीन दिन सम्म नेपालगन्जमा संचालन हुने कार्यक्रममा बागेश्वरी दर्शन , क्रस बर्डर टुरिज्म अन्तरसंवाद , बि टु बी, प्रपर्टी भिजिट, क्यासिनो भिजिट, नेपाली सांस्कृतिक कार्यक्रम र बाँके राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण (सफारी) सङ्गै आइतबार २१ डिसेम्बर दिउँसो समापन हुने नाट्टा बाँकेले जनाएको छ ।

प्रबर्धनात्मक कार्यक्रमा आफ्नो व्यवसाय वा प्रतिष्ठानको प्रबर्द्धनात्मक सामाग्री राख्न चाहने पर्यटन सम्बद्धहरुलाई नाट्टा सचिवालयमा सम्पर्क गर्न पूर्व अध्यक्ष सिग्देलले आग्रह गरे ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १० : ४३ बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा