काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीमा विशाल सार्वजनिक सभा गर्न उपयुक्त खुला स्थल नहुनु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सरकारलाई र काठमाडौं महानगरलाई खुला मञ्च खुला गर्न आग्रह गरेका छन्। राजधानी काठमाडौंमा ठूला राजनीतिक तथा सार्वजनिक कार्यक्रम गर्न कम्तीमा एउटा विशाल स्थल अनिवार्य रहेको उनको भनाइ थियो।
प्रचण्डले कम्तीमा ५०–६० हजारदेखि एक लाख मानिस अट्ने चौर वा मञ्च देशभर नहुनु राज्यकै अपमानजनक अवस्था भएको बताए।
“नेपाल सरकार र महानगरपालिकालाई खुलामञ्च खुला गर्न आग्रह गर्न चाहन्छु,” प्रचण्डले भने, “५०–६० हजारदेखि एक लाख मानिस भेला भएर बस्न सक्ने एउटा पनि मञ्च वा चौर नहुनु नेपाल देशकै लागि लज्जाको विषय हो।”
खुलामञ्च विगतमा राजनीतिक दलहरुले सभा गर्ने स्थान रहेको थियो । तर, भूकम्पपछि खुलामञ्चलाई बन्द गरिएको छ । अहिले महानगरले पुनर्निर्माण गरेको छ ।



















प्रतिक्रिया