६ पुस २०८२, आइतबार | December 21, 2025

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्ना परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने बताएकी छन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा उनले यस्तो बताउकी हुन् ।

कतिपय समाज अहिले आफ्नो पहिचान खोजिरहेको उल्लेख गर्दै उनले आधुनिकताका नाममा मौलिकता बिर्सँदै गएकोमा चिन्ता प्रकट गरिन् । प्रधानमन्त्री कार्कीले नेपाली समाजले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउँदै संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमशः हटाउँदै जानुपर्ने भए पनि मौलिक परम्परा र वेशभूषा भने संरक्षण गर्नुपर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘आफ्नो पहिचान के हो भन्ने नै थाहा नपाउने अवस्था छ। तर हामी नेपालीहरूसँग विविध र मौलिक संस्कृति तथा परम्परा छन्, जसलाई जोगाउनैपर्छ। बरु सरकारी कार्यालयहरूमा हप्तामा एक(दुई दिन परम्परागत पोसाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्न सकिन्छ।’

भेटका क्रममा परिषद्ले आउँदो पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई आमन्त्रण गरेको छ। परिषद्का महासचिव राजु गुरुङले निमन्त्रणा पत्र वाचन गरेर प्रधानमन्त्रीलाई सुनाएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  २ : ४९ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको