६ पुस २०८२, आइतबार | December 21, 2025

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ ।

काठमाडौंको बनस्थलीमा रहेको पार्टी कार्यालयमा उनीलाई स्वागत गर्न ठूलो संख्यामा कार्यकर्ता र शुभेच्छुकहरू उपस्थित भएका छन् ।

लामिछाने आठ महिनाको काराबासबाट रिहा भएपछि पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् ।

बाजागाजासहित उनलाई पार्टी कार्यालयमा स्वागत गरिएको हो ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछाने गत बिहीबार तुलसीपुर उच्च अदालतको आदेशपछि धरौटी र बिगो बुझाएर सशर्त रिहा भएका थिए । रिहाइपछि हिजो मात्र काठमाडौं आइपुगेका थिए ।

स्वागत कार्यक्रमपछि आजै पार्टीको केन्द्रीय समिति बैठक पनि बस्ने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : १८ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको