२४ माघ २०८२, शनिबार | February 7, 2026

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग



बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर गर्दै अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल–११ प्रगतिगरस्थित नेपाल अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट हस्तान्तरण गरेको हो ।

सोमबार एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंक लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेल, माछापुच्छ्रे बैंक बुटवल शाखा प्रबन्धक लालबाबु शाह, सहायक शाखा प्रबन्धक सन्तोष केसी, अपरेशन इन्चार्ज देवका बश्याल लगायतले संयुक्त रूपमा आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सेट हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा बोल्दै बैंकका लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं बैंकले आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको बताए । अपाङ्गता भएकै कारण घरपरिवारबाट अपहेलित हुनुपरेकाहरुलाई आश्रय दिदै आएको आश्रमको विकासका लागि सरकारसँगै अन्य संघ संस्थाले पनि सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

बैंकका बुटवल शाखा प्रबन्धक लालबाबु शाहले आश्रममा आश्रित व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हालको चिसो मौसममा बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग गरिएको बताए । उनका अनुसार १० सेट बेड बिस्तारा र ब्ल्याङ्गकेट हस्तान्तरण गरिएको हो । आगामी दिनमा पनि बैंकले यस्ता सामाजिक कामलाई निरन्तरता दिने शाखा प्रबन्धक शाहले बताए ।

आश्रमका अध्यक्ष डोलबहादुर रामदामले माछापुछ्रे बैंकले अपाङ्ग आश्रमलाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै थप सफलताको शुभकामना दिए । शारीरिक र मानसिक रुपमा अपाङ्गता भएकाहरुको आश्रित स्थल बनेको आश्रम विभिन्न सामाजिक संघसस्था र व्यक्तिहरुको सहयोगमै निर्भर रहेको उनले बताए । हाल आश्रममा ४४ जना आश्रित रहेको बताउँदै उनले २६ जना पुरुष र १८ जना महिला रहेको जानकारी दिए ।

माछापुच्छ्रे बैंकले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको थियो । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ्ग सेवा, २०६ वटा एटिएम मार्फत १८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : २४ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको