२ चैत्र २०८२, सोमबार | March 16, 2026

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म



काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो १२ बजेसम्मका लागि तोकेको छ।

यसअघि मंसिर मसान्तभित्र सदस्यता प्रक्रिया सम्पन्न गर्ने भनिए पनि समयमै काम नसकिएपछि अवधि थप गर्ने सहमति भएको हो।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि दिउँसो १२ बजे क्रियाशील सदस्यता वितरण प्रणाली लक गर्ने निर्णय गरेको छ। समितिका सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण भने पुस १० गतेसम्म गरिनेछ।

नवीकरण तथा नयाँ वितरणको सम्पूर्ण काम टुङ्ग्याएर पार्टीलाई प्रतिवेदन बुझाइने उनले जानकारी दिए। नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : ०५ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन