८ कार्तिक २०८३, आइतबार | October 25, 2026

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु



बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता बुटवलमा शुरु भएको छ । गोर्खा ब्याईज स्पोर्टस क्लबको आयोजनामा मंगलबार भएको उद्घाटन खेलमा झरना स्र्पोटिङ क्लब कुन्जलापुरले एन्फा एकेडेमी रातोलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

एन्फा एकेडेमीको खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलमा झरनाको जितमा अशोक घर्तीले ३४ र ४० औ मिनेटमा गोल गरे । एन्फाका सन्दिप सेजुवालले २१ औ मिनेटमा गोल गरे । खेलमा झरनाका अशोक घर्ती प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा जनज्योती युवा क्लबले न्यू पिएम सप्लायर्सलाई ३-० गोल अन्तरले पराजित गरेको छ । जनज्योतीको जितमा गगन रजाली, अस्मित शर्मा र विजय सुर्यबंशीले गोल गरे । खेलमा जनज्योतीको गोलकिपर सत्यम श्रेष्ठ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, स्वर्गिय न्यौपानेका बुबा राम प्रसाद न्यौपाने, मुख्य प्रायोजक एबिसि कन्सल्टेन्सीका म्यानेजिङ डाईरेक्टर रोशन कंडेल, क्लबका पूर्वअध्यक्ष दीर्घ बहादुर केसी, रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै सुभारम्भ गरे ।

प्रतियोगिताको विजेता टिमले नगद ६० हजार रुपैया, कप तथा उपविजेता टिमले नगद ३५ हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका पूर्वअध्यक्ष दीर्घ बहादुर केसीले बताए । प्रतियोगितामा २० टिमले भाग लिएका छन ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ८ : ५४ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले