१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ केन्द्रीय सदस्यहरूलाई आमन्त्रण गरिएको छ । बैठकको मुख्य एजेन्डामा यही पुस २६ देखि २८ गतेसम्म आयोजना गर्ने तय गरिएको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरणमा देखिएको ढिलाइ तथा त्यसले सिर्जना गरेको अन्योलबारे छलफल हुने बताइएको छ ।

नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विलम्बका कारण महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित हुनसक्ने देखिएको छ । सोही कारण आजको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा समेत गम्भीर छलफल हुने अनुमान गरिएको छ ।

पार्टीको वर्तमान कार्यतालिकाअनुसार क्रियाशील सदस्यता टुंग्याएर पुस १६ गते वडा अधिवेशन गर्ने योजना छ । त्यसपछि पुस १७ गते पालिका अधिवेशन, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने तालिका तय गरिएको छ ।

यसैगरी, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन, पुस २२ गते दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन, पुस २३ र २४ गते प्रदेश अधिवेशन तथा पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

आज बस्ने बैठकले महाधिवेशनको भावी कार्यदिशा र कार्यतालिकाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ८ : ३५ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको