काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु) लागेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै देशका तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन प्रभावित बनेको जनाएको छ । महाशाखाले प्रतिकुल मौसमका कारण स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार दिउँसो पनि देशका तराई भूभागमा हुस्सु रहने पूर्वानुमान रहेको छ । कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा मध्याह्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर कुहिरोसमेत लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाले जनाएको छ।
यस्तै राति पनि तराई भूभागमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम महाशाखाको विज्ञप्तिमा उल्लेख छ ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसविद्ले उल्लेख गरेका छन्।



















प्रतिक्रिया