१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित



काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु) लागेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै देशका तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन प्रभावित बनेको जनाएको छ । महाशाखाले प्रतिकुल मौसमका कारण स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार दिउँसो पनि देशका तराई भूभागमा हुस्सु रहने पूर्वानुमान रहेको छ । कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा मध्याह्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर कुहिरोसमेत लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाले जनाएको छ।

यस्तै राति पनि तराई भूभागमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम महाशाखाको विज्ञप्तिमा उल्लेख छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसविद्ले उल्लेख गरेका छन्।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ९ : १० बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास