९ पुस २०८२, बुधबार | December 24, 2025

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द



बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले यो निर्णय लिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुधबार एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा निजी विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।

उपमहानगरपालिकाका अनुसार उक्त बिदा विद्यालयको वार्षिक विदाबाट कट्टी हुने गरी दिइएको हो । चिसोको अवस्था अझै केही दिन रहन सक्ने अनुमान गरिएकाले आवश्यक परे थप निर्णय गरिने संकेतसमेत गरिएको छ ।

यसैबीच, उपमहानगरपालिकाले चिसो मौसमका बेला विद्यार्थीहरूलाई न्यानो कपडा लगाउने, बिहान र बेलुकाको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कने तथा स्वास्थ्यमा कुनै समस्या देखिए तत्काल उपचार गराउनेजस्ता सावधानी अपनाउन अभिभावक तथा विद्यालय प्रशासनलाई आग्रह गरेको छ ।

चिसो बढेसँगै बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू बढी प्रभावित हुने भएकाले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ३८ बजे

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका

सरकारी भुक्तानी नआए माघ १ देखि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निःशुल्क डायलाइसिस र मुटु उपचार बन्द हुने

बुटवल । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी

ऊर्जामन्त्रीका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रालयमा आफ्नो

एभरेष्ट माविको सांस्कृतिक कार्यक्रममा अतिरञ्जित प्रचारप्रति विद्यालय प्रशासनको आपत्ति

बुटवल । बुटवल-८ सुख्खानगरमा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयले आफ्नो वार्षिक