६ श्रावण २०८३, बुधबार | July 23, 2026

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई



बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो मुक्ति ९५.५ को १८ औ स्थापना दिवस तथा १६ वार्षिक साधरण सभा बुधबार शंकरनगर वनवाटिका तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्यालले संचारमाध्यमले सत्य तथ्य समाचार संपे्रषण गर्नुपर्ने बताएकी छिन ।

रेडियो मुक्तीले महिलाहरुका सफलताका कुरा संगै आर्थिक उपार्जनका लागि सहयोग पुग्ने खालका सामग्री उत्पादन र प्रसारण गर्दै आएको बताउँदै उपप्रमुख अर्यालले प्रविधिको प्रयोग संगै अगाडी बढ्नुपर्ने समय आएको बताइन । रेडियो मुक्तीका पूर्व अध्यक्ष समेत रहेकी अर्यालले नागरिकलाई सूचनाको पहुँचमा पुर्याउन रेडियोले अझै धेरै काम गर्नुपर्नेमा जोड दिईन ।

कार्यक्रममा रेडियोकी निवर्तमान अध्यक्ष गोमादेवी आचार्यले सामुदायिक रेडियो मुक्तीलाई नमुना रेडियो बनाउन सबैको महत्वपुर्ण भूमिका रहने बताइन । उनले महिलाहरुलाई कमजोर सम्झने मानसिकतामा परिवर्तन हुदैगएको बताउदै अब प्रतिस्पर्धात्मक हुनुपर्ने बताईन ।

संस्थाका अध्यक्ष दिपु पोखरेलले संस्थाका आगामी कार्ययोजनासहित संस्थाको सुदृढिकरण, व्यवस्थापन सहितको प्रतिवेदन पेश गरेकी थिइन । कोभिड १९ , नवयुवा आन्दोलन र राजनीतिक अस्थिरताका कारणले पनि सञ्चार माध्यमहरु आर्थिक संकटमा परिरहेको बेलामा रेडियो मुक्ति निरन्तर नागरिकलाई सूचनाको पहुचमा पुर्याउन सफल भएको बताईन ।

पोखरेलले अहिलेको डिजिटल प्रविधिलाई अंगाल्दै अगाडी बढ्नुको बिकल्प नभएकोले रेडियोले विभिन्न योजना बनाएको बताईन । उनले सामुदायिक रेडियोमा आफ्नो लगानी गरेर रेडियोका सदस्यहरुले सामाजिक कार्य गरेको प्रति कृतज्ञता व्यक्त गरिन ।

अध्यक्ष पोखरेलले रेडियोलाई १८ औं वर्षसम्म साथ दिने श्रोता, सरकारी तथा गैर सरकारी निकाय, दातृ निकाय, बिज्ञापनदाता, सहयोगी, शुभेच्छुक ,सल्लाह सुझाव दिनु हुने सबै प्रति धन्यवाद ब्यक्त गरेकी छिन । यस्तै रेडियोका कोषाध्यक्ष राधिका न्यौपानेले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । रेडियोले महिलाका मुद्धालाई प्राथमिकता दिदै समाजका अन्य क्षेत्रहरु कृषि, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, यूवा, वाल, अपाङ्गता, दलित, जनजाति, सिमान्तकृत, राजनिति र समसामयिक मुद्धालाई सवै वर्ग र क्षेत्रमा पुग्ने गरि आवाज उठाउँदै आएको न्यौपानेले जानकारी दिईन ।

कार्यक्रममा उपाध्यक्ष कविता अर्याल, स्टेशन म्यानेजर कल्पना तिवारी, संस्थापक सदस्यतथाजनप्रतिनीधि द्धय सीता खनाल, सबिता बिक, बिधान संशोधन समिति संयोजक सुमित्रा शर्मा, सल्लाहकार संगिता अर्याल, सदस्यहरु माया क्षेत्री पार्वती ज्ञवाली, पुष्पा आचार्य लगायतले बोल्दै रेडियो सञ्चार माध्यमको शसक्त माध्यम भएकाले समयअनुसार परिमार्जन गर्दै जानुपर्ने सुझाव दिएका थिए । रेडियो मुक्तीले सदस्यहरुका साथमा आत्मीयता र एकआपसमा रमाईलोका लागि साधारण सभा सहित बनभोज कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम रेडियोका अध्यक्ष दिपु पोखरेलको अध्यक्षता, उपप्रमुख साबित्रादेवी अर्यालको प्रमुख आतिथ्यता, साधारण सभा तथा वनभोज कार्यक्रमका संयोजक साबित्रा घिमिरेको स्वागत र सचिव सबिता निरौलाको संचालमा सम्पन्न भएको थियो । लैंगिक हिंसा न्यूनिकरण, महिला शसक्तिकरण र सबै प्रकारका विभेदको अन्त्य गर्दै सामाजिक न्याय स्थापित गर्नका लागि संचालित यस रेडियो महिलाका मुद्धाहरुप्रति पूर्णरुपमा सर्मपित छ ।

सचेत नारी सचेत परिवार, हरेक क्षेत्रमा समान अधिकार भन्ने मुल नाराका साथ २०६५ पुस ९ गतेदेखि रेडियोले आफ्नो औपचारिक प्रसारण आरम्भ गरेको थियो ।
रेडियो मुक्तिबाट समाचार, सूचना, सचेतना मूलक कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुदै आएको छ । बुटवल ४ सानोगाउँमा रहेको रेडियो दैनिक १७ घण्टा प्रसारण हुदै आएको छ ।

लैङिगक हिंसा न्युनिकरण, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य ,मानव विकाश लगायतका विषयमा कार्यक्रम उत्पादन र प्रसाारण गर्दे आएको रेडियोमा हाल १५६ जना संस्थापक सदस्य रहेका छन् । रेडियो मुक्ति महिलाहरुद्धारा स्थापित र संञ्चालित नेपालको पहिलो सामुदायिक रेडियो हो ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : १९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क