१८ चैत्र २०८२, बुधबार | April 1, 2026

रवि-बालेन वार्तास्थलमा नाटकीय मोड : अमरेश सिंह पुगे, सुधन गुरुङले लगाए ताला



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भइरहेको वार्तास्थलमा अप्रत्याशित घटनाक्रम देखिएको छ । वार्ता चलिरहेकै क्रममा विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सो स्थानमा पुगेका छन् ।

त्यसैक्रममा ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुधन गुरुङ पनि वार्तास्थलमा उपस्थित भएका छन् । उनले रवि र बालेनबीच सहमति नभएसम्म दुवैलाई बाहिर निस्कन नदिने भन्दै वार्तास्थलको ढोका बाहिरबाट ताला लगाइदिएका छन् । हातमा चाबी बोकेका गुरुङले देशको वर्तमान राजनीतिक अवस्था, जनतामा बढ्दो असन्तोष र नेतृत्वबीचको असमझदारी अन्त्यका लागि दुवै नेताबीच ठोस सहमति आवश्यक रहेको बताएका छन् ।

घटनास्थलमा केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि सुरक्षा निकाय र उपस्थित व्यक्तिहरूले स्थिति नियन्त्रणमा लिने प्रयास गरेका छन् । वार्तामा के विषयमा छलफल भइरहेको छ भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । तर, पछिल्लो समय देशको राजनीतिक अवस्थाबारे बालेन र रविबीच संवाद भइरहेको चर्चा चल्दै आएको थियो ।

डा. अमरेशकुमार सिंहले पनि मुलुकको वर्तमान राजनीतिक संकट समाधानका लागि जिम्मेवार नेताहरू एक ठाउँमा बसेर स्पष्ट मार्गचित्र बनाउनुपर्ने बताएका छन् । “जनताले अब नाटक होइन, समाधान चाहेका छन्,” उनको भनाइ थियो ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  २ : ४४ बजे

संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा