२१ असार २०८३, आइतबार | July 5, 2026

रास्वपा र बालेनबीच सात बुँदे सहमति, पार्टी सभापति रवि, प्रधानमन्त्रीको उमेदवार बालेन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सात बुँदे सहमति भएको छ । शनिबार बिहान भएको छलफलपछि दुबै पक्षबीच सहमति भएको जानकारी सार्वजनिक गरिएको हो ।

सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् । सहमति सम्पन्न भएपछि प्रमुख शाहले सामाजिक सञ्जालमार्फत हस्ताक्षर गरिरहेको तस्बिर सार्वजनिक गर्दै ‘शुभप्रभात’ लेखेका छन् ।

सार्वजनिक गरिएको सहमतिअनुसार नवयुवाले देशमा भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध उठाएको आन्दोलनलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । साथै आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारका मागलाई राज्यस्तरबाट यथोचित सम्बोधन गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।

सहमतिको अर्को महत्वपूर्ण बुँदाअनुसार पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिनेछ ।

यसैगरी, सहमतिपछि सञ्चालन हुने राजनीतिक गतिविधि, पार्टीको नाम, चुनाव चिह्न तथा केन्द्रीय कार्यालय सबै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’कै नाममा रहने उल्लेख गरिएको छ । नयाँ संरचनामा पनि रास्वपाकै पहिचान कायम रहने स्पष्ट गरिएको छ ।

सहमति पत्रमा युवालाई राजनीतिमा निर्णायक भूमिकामा ल्याउने, संगठनभित्र युवाको सहभागिता सुनिश्चित गर्ने तथा वैकल्पिक राजनीतिक शक्तिका रूपमा संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता समेत उल्लेख गरिएको छ ।

रास्वपा र बालेनबीच भएको यो सहमतिलाई आगामी निर्वाचन र समग्र राजनीतिक समीकरणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ०५ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा