२५ माघ २०८२, आइतबार | February 8, 2026

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति



एजेन्सी । उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको संकेत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ ।

यस क्रममा नेता किम जोङ उनले दक्षिण कोरियाले यस्तै प्रविधि हासिल गर्न दबाब दिइरहेको भन्दै कडा आलोचना गरेका छन् । उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले आठ हजार ७०० टन क्षमताको आणविक-प्रोपेल्ड पनडुब्बी निर्माण भइरहेको एक शिपयार्डको निरीक्षण गरेका हुन् । उनले यस पनडुब्बीलाई उत्तर कोरियाली नौसेनाको आधुनिकीकरण र आणविक प्रतिरोध क्षमताका लागि अत्यन्तै महत्त्वपूर्ण कदमका रूपमा वर्णन गरे ।

उत्तर कोरियाले यसलाई ‘रणनीतिक निर्देशित मिसाइल पनडुब्बी’ वा ‘रणनीतिक आणविक आक्रमण पनडुब्बी’ भन्दै भविष्यमा आणविक हतियारले सुसज्जित गर्ने योजना रहेको संकेत दिएको छ ।

निरीक्षणका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा दक्षिण कोरियाले आफ्नै आणविक-सञ्चालित पनडुब्बी प्राप्त गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई उत्तर कोरियाको सुरक्षा र समुद्री सार्वभौमिकतामाथिको ‘आक्रामक कार्य’ भने। उनका अनुसार यस्ता योजनाले उत्तर कोरियालाई आफ्नो नौसेना र आणविक प्रतिरोध क्षमता अझ सशक्त बनाउन बाध्य बनाएको छ ।

राज्य मिडियाले किमले कहिले शिपयार्ड भ्रमण गरेको हो भन्ने स्पष्ट नगरे पनि सार्वजनिक तस्बिरहरूमा उनले वरिष्ठ अधिकारीहरू र आफ्नी छोरीसँगै विशाल जहाजको निरीक्षण गरिरहेको देखिन्छ । मार्चपछि पहिलो पटक पनडुब्बीको स्पष्ट तस्बिर सार्वजनिक गरिएको हो ।

पनडुब्बी कहिले पूर्ण रूपमा तयार हुन्छ भन्ने खुल्न नसके पनि दक्षिण कोरियाका विज्ञहरूका अनुसार बाहिरी संरचना लगभग तयार देखिनु भनेको इन्जिन र सम्भावित रिएक्टर जस्ता मुख्य प्रणालीहरू भित्रै जडान भइसकेको संकेत हुन सक्छ ।

हानयाङ विश्वविद्यालयका पनडुब्बी विशेषज्ञ मुन केउन-सिकका अनुसार यो जहाज केही महिनाभित्र समुद्र परीक्षणमा जान सक्ने सम्भावना छ ।

आणविक-सञ्चालित पनडुब्बी किमले सन् २०२१ मा घोषणा गरेको दीर्घकालीन सैन्य लक्ष्यहरूमध्ये एक हो । यस सूचीमा ठोस इन्धनयुक्त अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक हतियार, जासुसी उपग्रह र बहुवारहेड मिसाइलहरू पनि समावेश थिए, जसमध्ये केहीमा उत्तर कोरियाले पहिले नै प्रगति गरिसकेको छ ।

यदि उत्तर कोरियाले लामो समयसम्म गोप्य रूपमा सञ्चालन गर्न सक्ने र पानीमुनिबाट मिसाइल प्रहार गर्न सक्षम पनडुब्बी तैनाथ गर्‍यो भने, यो क्षेत्रीय सुरक्षाका लागि गम्भीर चुनौती हुने विज्ञहरूको भनाइ छ ।

यद्यपि, कडा अन्तर्राष्ट्रिय प्रतिबन्धमा रहेको देशले यस्तो प्रविधि र स्रोत कसरी जुटायो भन्ने प्रश्न पनि उठिरहेको छ । केही विश्लेषकहरूले रुससँगको पछिल्लो सैन्य सहकार्यबाट उत्तर कोरियाले प्राविधिक सहयोग पाएको हुन सक्ने अनुमान गरेका छन् ।

यसैबीच, दक्षिण कोरियाले पनि आफ्नै आणविक-सञ्चालित पनडुब्बी प्राप्त गर्ने प्रयास अघि बढाएको छ । राष्ट्रपति ली जे म्युङले अमेरिकी समर्थनको माग गरेका छन् भने राष्ट्रपति ट्रम्पले सैद्धान्तिक रूपमा प्रविधि साझेदारीका लागि खुलापन देखाएका छन् ।

उत्तर कोरियाले हालै नयाँ एन्टी-एयर मिसाइल परीक्षण गरेको र पूर्वी तटबाट थुप्रै मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् । रुस-युक्रेन युद्धपछि उत्तर कोरियाले आफ्नो सैन्य र आणविक कार्यक्रम तीव्र बनाउँदै जाँदा कोरियाली प्रायद्वीपमा तनाव थप बढेको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  २ : ५० बजे

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको