११ पुस २०८२, शुक्रबार | December 26, 2025

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमतिमा हस्ताक्षर तत्काल नहुने भएको छ । दुवै पक्षबीच सहमतिको खाका तयार भइसके पनि अन्तिम हस्ताक्षर प्रक्रिया भोलिसम्मका लागि सारिएको हो ।

यसअघि रवि लामिछाने र बालेनबीच चरणबद्ध रूपमा छलफल हुँदै आएको थियो । काठमाडौंको कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको म्युजिक कम्पनी र ललितपुरको ज्वागलस्थित बालेनका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको निवासमा बसेका बैठकहरूमा सहमतिको आधार तय गरिएको थियो । वार्तामा सहभागी स्रोतका अनुसार सहमतिका अधिकांश बुँदामा दुवै पक्ष एकमत भइसकेका छन् ।

आजै सहमतिपत्रमा हस्ताक्षर हुने चर्चा चले पनि अन्तिम तयारीका केही विषय बाँकी रहेकाले प्रक्रिया भोलिसम्मका लागि सारिएको रास्वपाका नेता शिशिर खनालले जानकारी दिए । “आज हस्ताक्षर हुने भनिएको थियो, तर थप छलफल आवश्यक भएकाले भोलि गर्ने गरी तय भएको छ,” उनले भने ।

सहमतिको खाकाअनुसार बालेनको राजनीतिक वरीयता रवि लामिछानेभन्दा एक तह तल रहनेछ । तर बालेनले रास्वपाको औपचारिक संगठनात्मक जिम्मेवारी भने नलिने स्पष्ट गरेका छन् । उनी पार्टीभित्र पद नलिइकनै सहकार्य गर्ने मोडालिटीमा सहमत भएको स्रोतको दाबी छ ।

दुवै पक्षबीचको सहमतिले वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासका रूपमा हेरिएको छ । यसले आगामी दिनमा राष्ट्रिय राजनीतिमा नयाँ समीकरण र सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : ४९ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र