२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न



बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ । शुक्रबार विद्यालयको सी-ब्लक प्राङ्गणमा आयोजित समारोहको उद्घाटन लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पन्थीले शैक्षिक विकासमा निजी विद्यालयहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले विद्यार्थीको समग्र विकासका लागि विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा नै राष्ट्र निर्माणको आधार भएको धारणा व्यक्त गरे ।

विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले स्कलर्स होमले शैक्षिकसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप विकासमा जोड दिँदै आएको उल्लेख गरे । साथै उनले निजी विद्यालयको भूमिकालाई थप सशक्त बनाउन शिक्षा विधेयकमा निजी क्षेत्रको हितलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए । अभिभावकसँग निरन्तर संवाद गर्दै विद्यार्थीको भविष्यप्रति जिम्मेवार भएर अघि बढिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरी बश्यालले ३४ वर्षे यात्रामा विद्यालयले हासिल गरेका उपलब्धि र शैक्षिक योगदानबारे प्रकाश पारे । वडा नम्बर ९ का वडाध्यक्ष प्रदीपकुमार श्रेष्ठले वडाभित्रको एक मात्र निजी विद्यालयका रूपमा स्कलर्स होमले शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताए ।

कार्यक्रममा जागरण टोल विकास संस्थाका अध्यक्ष मञ्जु कुवर, सल्लाहकार गोपाल न्यौपाने, लंक बस्नेत, उपप्राचार्य टिकाराम गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्थापना दिवसको अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । साथै नर्सरीदेखि कक्षा १२ सम्म निरन्तर अध्ययन गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, सांस्कृतिक प्रस्तुति तथा विभिन्न सिर्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै उपस्थित अभिभावक र अतिथिहरूको मन जितेका थिए ।

यस्तै, विद्यालयले वार्षिकोत्सवकै अवसरमा विभिन्न २८ विधाका खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । साथै १२औँ संस्करणको जिल्ला स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितासमेत सम्पन्न गरिएको थियो । विभिन्न खेल तथा प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम लेखा तथा प्रशासन शाखा प्रमुख लोक भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

उल्लेखनीय छ, स्कलर्स होम स्कुलको स्थापना ३४ वर्षअघि शिव गुरुङ र लक्ष्मी गुरुङले गरेका थिए । हाल विद्यालयका तीनवटा ब्लक सञ्चालनमा छन् । विद्यालयमा करिब १ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १२० भन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन् । स्कलर्स होमले माध्यमिक तह, एसईईलगायत राष्ट्रिय परीक्षामा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : २४ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात