२८ माघ २०८२, बुधबार | February 11, 2026

गुल्मीमा ३५५ प्रजातिका चरा



गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो ।

जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा उक्त सङ्ख्यामा चराहरू रहेका सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । यही क्षेत्रमा पछिल्लो अध्ययनमा विभिन्न ३० प्रजातिका चरा फेला परेका उनले बताए ।

नयाँ फेला परेका चरामा तिलहरी, मोटो ठूँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेका छन् ।

यहाँ विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चरा रहेका भट्टराईले बताए । ती चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् । यस्तै, काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रहेको छ ।

“यहाँ नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये करिब ४० प्रतिशत चरा फेला परेका छन् । विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर यस क्षेत्रमा पाइने भएका कारण यसको संरक्षणका लागि वासस्थानलाई जोगाउन लाग्नुपर्ने आवश्यकता छ”, भट्टराईले भने ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जिल्लामा धार्मिक पर्यटनसँगै चरा पर्यापर्यटनको लागि प्रचुर सम्भावना रहेकाले यसको प्रचार र संरक्षणका लागि लाग्नुपर्ने बताए । यसले पर्यटन प्रवर्द्धन र स्थानीयस्तरमा जीविकोपार्जनमा टेवा पुग्ने भएकाले नगरपालिकाले यसमा काम गर्ने बताए ।

पंछी संरक्षण सङ्घले विगत १० वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चरा संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : ३१ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी