१२ पुस २०८२, शनिबार | December 27, 2025

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि, विशेष महाधिवेशनको माग तीव्र



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । केही दिनदेखि निरन्तर चलिरहेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने पार्टीले जनाएको छ ।

बैठकमा मुख्यतः पार्टीको महाधिवेशन, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । यसअघि शुक्रबार बसेको बैठकमा नेताहरूले महाधिवेशनको तयारी, सम्भावित मिति र प्रक्रिया सम्बन्धी आ-आफ्नो धारणा राखेका थिए । धेरै नेताहरूले तोकिएको समयमा नियमित महाधिवेशन गर्न कठिन देखिएकाले विशेष महाधिवेशनको विकल्पबारे गम्भीर छलफल आवश्यक रहेको बताएका थिए ।

यसैबीच, विशेष महाधिवेशनको माग गर्दै केही नेता तथा कार्यकर्ताहरूले पार्टी नेतृत्वलाई औपचारिक रूपमा स्मरणपत्र बुझाएका छन् । उनीहरूले पार्टीभित्र देखिएको अन्योल र सांगठनिक जटिलता समाधानका लागि विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेका छन् । स्मरणपत्र पार्टी केन्द्रीय कार्यालय पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ गराउँदै मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाइएको हो ।

पार्टीभित्र महाधिवेशनको समय, विधि र प्रक्रियालाई लिएर मतभेद देखिँदै आएको छ । केही नेताहरू नियमित महाधिवेशनमै जोड दिइरहेका छन् भने अर्काे समूहले विशेष महाधिवेशनमार्फत संगठनलाई पुनर्संरचना गर्नुपर्ने तर्क अघि सारेको छ । आजको बैठकमा यी विषयमा थप गम्भीर छलफल हुने र आगामी कार्यदिशा तय हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : ५६ बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक