१ चैत्र २०८२, आइतबार | March 15, 2026

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ



काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेका छन् । क्यासिनोभित्र अवैध रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार च्यानलाई शुक्रबार राति पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा क्यासिनोले इभेन्टको नाममा नेपाली नागरिकलाई प्रवेश गराई प्रविधिको प्रयोगमार्फत ठूलो रकमको हार-जित गराएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसअघि नै सोही क्यासिनोबाट चार जना भारतीय नागरिक र दुई जना नेपाली महिलालाई पक्राउ गरिएको थियो । उनीहरूमाथि पनि अवैध रूपमा जुवा सञ्चालनमा संलग्न भएको आरोप छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालको कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको छ । तर, पछिल्लो समय केही क्यासिनोहरूले विभिन्न बहानामा नेपालीलाई भित्र्याई अवैध गतिविधि सञ्चालन गरिरहेको भन्दै प्रहरी र सरोकारवाला निकायले निगरानी कडा बनाएका छन् ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा क्यासिनो व्यवस्थापनको भूमिकाबारे समेत थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १२ : ५३ बजे

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो

गुण्डु पुगेर पितृशोकमा रहेका ओलीलाई दिइन प्रधानमन्त्रीले समवेदना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर