काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।
स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जाने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । आएका सुझाव समेत समेटेर आचारसंहिता स्वीकृत गरिएको जानकारी दिँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस पटकको आचारसंहिताको दायरा फराकिलो बनाएको दाबी गरे ।
यसअघि सचेतनाको मोडलमा आचारसंहितारहने गरेकोमा अहिले कारबाहीको मोडलमा रहेको भण्डारीको भनाई छ ।
आचारसंहिता तत्काल लागु गर्दा सरकारका कामकारबाहीमा प्रभाव पर्ने भएकाले ती विषयलाई समेत ख्याल गरेर माघ पहिलो साताबाट लागु गर्ने निर्णय भएको हो । उनले भने । फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव हुदैछ ।



















प्रतिक्रिया