१ चैत्र २०८२, आइतबार | March 15, 2026

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने



काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।

स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जाने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । आएका सुझाव समेत समेटेर आचारसंहिता स्वीकृत गरिएको जानकारी दिँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस पटकको आचारसंहिताको दायरा फराकिलो बनाएको दाबी गरे ।

यसअघि सचेतनाको मोडलमा आचारसंहितारहने गरेकोमा अहिले कारबाहीको मोडलमा रहेको भण्डारीको भनाई छ ।

आचारसंहिता तत्काल लागु गर्दा सरकारका कामकारबाहीमा प्रभाव पर्ने भएकाले ती विषयलाई समेत ख्याल गरेर माघ पहिलो साताबाट लागु गर्ने निर्णय भएको हो । उनले भने । फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव हुदैछ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १० : १८ बजे

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो

गुण्डु पुगेर पितृशोकमा रहेका ओलीलाई दिइन प्रधानमन्त्रीले समवेदना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर