१ चैत्र २०८२, आइतबार | March 15, 2026

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको सहमतिलाई रास्वपाको केन्द्रीय समितिले औपचारिक रूपमा अनुमोदन गरेको छ । आइतबार राति पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएअनुसार बैठकले बालेन र रास्वपाबीच भएको सहमति राष्ट्रहितको पक्षमा ऐतिहासिक कदम भएको निष्कर्ष निकालेको छ । पार्टीले यो सहमति मुलुकमा विद्यमान राजनीतिक बेथिति, भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढ्ने आधार बन्ने विश्वास व्यक्त गरेको छ ।

महामन्त्री बुर्लाकोटीका अनुसार केन्द्रीय समितिले उक्त सहमतिलाई “राष्ट्रका लागि आवश्यक साहसिक निर्णय” को संज्ञा दिँदै यसको प्रभावकारी कार्यान्वयनमा सबै तहका पार्टी संरचनालाई सक्रिय भूमिका खेल्न निर्देशन दिएको छ । बैठकमा देशको समग्र राजनीतिक परिस्थिति, जनतामा बढ्दो असन्तुष्टि र वैकल्पिक राजनीतिको अपेक्षाबारे समेत गम्भीर छलफल भएको थियो ।

रास्वपाले बालेन शाहसँगको सहकार्यलाई केवल राजनीतिक समझदारी मात्र नभई सुशासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित नयाँ राजनीतिक संस्कृतिको सुरुवातका रूपमा व्याख्या गरेको छ । पार्टीका नेताहरूले यो सहमतिले आम नागरिकमा आशा र भरोसा जगाउने विश्वास व्यक्त गरेका छन् ।

केन्द्रीय समितिको निर्णयसँगै रास्वपा र काठमाडौं महानगरबीच आगामी दिनमा नीति, सुशासन, विकास र सार्वजनिक सेवा सुधारका विषयमा सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : ५४ बजे

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा