१५ पुस २०८२, मंगलबार | December 30, 2025

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । आयोगका अनुसार हालसम्म प्रमुख तथा साना गरी ६३ दलले आ-आफ्नो बन्दसूची दर्ता गराइसकेका छन् भने अब नेपाली कांग्रेसको सूची आउन बाँकी छ ।

नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका दलले तोकिएको समयभित्र समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । यससँगै नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी-पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपाल लगायतका दलले पनि आफ्नो सूची आयोगमा दर्ता गराएका छन् ।

यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीसहितका दलले पनि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार हालसम्म ६३ दलले बन्दसूची बुझाइसकेका छन् भने नेपाली कांग्रेसको सूची आउन बाँकी छ । कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरका लागि पार्टीका मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा महाराजगन्ज पुगेको भए पनि सूची अझै आयोगमा बुझ्न बाँकी रहेको जनाइएको छ । कांग्रेसले सूची बुझाएसँगै बन्दसूची पेश गर्ने दलको संख्या ६४ पुग्नेछ ।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने ६४ दलले ५८ वटा चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । केही दलले संयुक्त चुनाव चिह्न प्रयोग गरेर निर्वाचनमा सहभागी हुने तयारी गरेका छन् ।

आयोगले तोकिएको समयभित्र सबै दलको बन्दसूची दर्ता गरिसकेपछि नामावली परीक्षण, दाबी–विरोध र अन्तिम सूची प्रकाशनको प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ८ : ३७ बजे

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

राजविराज । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन

मेची भन्सार : पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम

बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र