२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीचको सम्भावित सहकार्यप्रति कटाक्ष गरेका छन् ।

मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्ता गठबन्धनलाई ‘कुखुरा र बाख्राको मोर्चा’ संज्ञा दिँएका हुन् । उनले एमालेजस्तो बलियो पार्टीसँग यस्तो दुब्लोपातलो मोर्चाले प्रतिस्पर्धा गर्न नसक्ने टिप्पणी गरे ।

उनले थपे, “विशालकाय एमालेसँग भिड्नुपरेपछि कुखुराले मोर्चा बनाएर, बाख्राले मोर्चा बनाएर के सिंहको शिकार हुन्छ ? के त्यसलाई मुकाबिला गर्न सकिन्छ ?”

एमाले जस्तो बलियो पार्टीसँग मुकाबिला गर्न कमजोर शक्तिहरूले सहकार्यको बाटो रोज्ने गरेको टिप्पणी गर्दै उनले थपे, “दुब्लाको काम नै मोर्चा बनाउने हो । बलियासँग लड्न दुब्लाहरू एकताको कुरा गर्छन् । अस्ति पनि एकता भयो, हिजो पनि भयो, आज पनि हुन्छ, भोलि पनि हुन्छ ।”

“दुई–चार जना मिलेर घैँटामा बोकेको पानीले महासागरसँग जति मोर्चा लगाए पनि त्यसले के प्रभाव पार्छ र ?”, उनले भने ।

ओलीले देशमा को कति लोकप्रिय छ भन्ने बहस निर्वाचनसँगै चलिरहने उल्लेख गरे । घरघरमै प्रधानमन्त्री घोषणा गरिसकिएको भन्दै उनले रास्वपा र बालेनबीच भएको सहमतिलाई थप व्यंग गरे ।

चुनाव फागुन, बैशाख या अर्को मंसिरमा भएपनि एमाले निर्वाचनका लागि हरेक पल तयारी अवस्थामा रहने उनले बताए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : ०५ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ