२५ भदौ २०८३, बिहिबार | September 10, 2026

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त



काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताएका छन् । राष्ट्रिय समाचार समितिले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी सम्प्रेषित समाचार सामग्रीसहितको प्रतिवेदन आज ग्रहण गर्दै उनले निर्वाचन सम्पन्न गर्न तदारुकता र इच्छाशक्तिसँगै समय र मौसमलगायत परिस्थितिले पनि साथ दिएको स्पष्ट पारे ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, “प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सबै कार्यक्रम शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयो । पुनः मतगणना, बदर र पुनः निर्वाचनको ‘सिकायत’ कहीँकतै भएन ।”

निर्वाचनका सन्दर्भमा आयोग र राससबीच अत्यन्त नजिक रहेर सहकार्य भएको प्रसङ्ग उल्लेख गर्दै कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, “नेपालको भरपर्दो समाचार सम्प्रेषण गर्ने व्यावासायिक संस्थाका रूपमा रासस रहेको छ ।” राससले निर्वाचनको माहोल सिर्जना गर्न अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले राससबाट निर्वाचनका सन्दर्भमा भएको कार्यसम्पादनप्रति आयोग सन्तुष्ट रहेको बताए ।

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नका लागि सञ्चारमाध्यमको पनि अहम भूमिका हुने भन्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, “पहिलेका निर्वाचन पनि हामीले देखे भोगेकै हौँ, चुनाव भन्यो कि शान्ति सुरक्षाको कुरा आइनै हाल्छ, तर यसपटक सबैतिरबाट यस्तो वातावरण बन्न सक्यो कि चुनावका लागि बन्दुक त के लौरो उठाउनुपर्ने अवस्था पनि आएन । यसका लागि निर्वाचन आयोग सबैप्रति कृतज्ञ छ ।”

राससका अध्यक्ष उदय राना मगरले निर्वाचनका सम्बन्धमा निर्वाचन आयोग र राससबीच भएको सम्झौता र समन्वय बमोजिम नै कार्यजिम्मेवारी पूरा गरिएको जानकारी गराउँदै समाचारका माध्यमबाट निर्वाचनको वातावरण तयार पार्ने काममा राससले सकारात्मक भूमिका निर्वाह गरेको बताए ।

महाप्रबन्धक सन्दीप राईले राज्यले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने कामलाई प्रमुख प्राथमिकता दिएकाले सोही गतिका साथ राससले पनि कार्यसम्पादन गरेको बताए ।

सो अवसरमा निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई, राससका प्रबन्ध सम्पादक उत्तम सिल्वाल, निर्वाचन डेस्क प्रमुख तथा प्रमुख समाचारदाता एकराज पाठक, आलेख समाचार प्रमुख कृष्ण अधिकारी, प्रधानसम्पादक एवं प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी, खोजी समाचार प्रमुख नारायणप्रसाद न्यौपानेलगायत उपस्थित थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  २ : ५५ बजे

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने