११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत



टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली सेवाग्राहीलाई राहत मिलेको छ ।

करिब ७० दिनअघि स्थापना भएको महावाणिज्यदूतावासबाट एक हजार २६० जना नेपालीलाई ‘कन्सुलर’ सेवा प्रदान गरिएको छ । नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)द्वारा ड्यालसमा आयोजित स्थानीय पत्रकार तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा दूतावासका प्रवक्ता प्रवीण भट्टराईले दूतावास खुलेको छोटो अवधिमा ६९२ जनालाई पासपोर्ट र ५६८ जनालाई मन्जुरीनामा, ट्राभल डकुमेण्टसहितको कन्सुलर सेवा प्रदान गरेको जानकारी दिए ।

यसैगरी महावाणिज्यदूत सुरेश अधिकारीले नेपाली समुदायको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा कार्यालय खुलेसँगै सेवाग्राही उत्साहित भएको उल्लेख गर्दै सेवाग्राहीको मागबमोजिम छिटोछरितो ढङ्गबाट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्यालय समयभित्र आएका कुनै पनि सेवाग्राही सेवा नलिई फर्कनु नपर्ने गरी दूतावासले काम गरिरहेको जानकारी दिँदै आवश्यक सूचनाका लागि दूतावासको फेसबुक पेज तथा वेबसाइट अवलोकन गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तथा वरिष्ठ पत्रकार हरिहर विरहीले प्रवासमा नेपालीहरूको बसोबास उल्लेख्य रूपमा बढ्दै गएको उल्लेख गर्दै नेपाली मिडियाले सामुदायिक पत्रकारितामार्फत समुदायलाई सचेत बनाउने कार्यमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

यसैगरी पत्रकारहरू नारायण पुरी, विनय देवकोटा, भीमसेन राजबहाक, सुनिल खड्का तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका का प्रवक्ता सन्देश उप्रेतीलगायत सहभागीहरूले महावाणिज्य दूतावासका सेवाहरूलाई अझ प्रभावकारी बनाउने सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए।

नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा क्षेत्रीय संयोजक ओम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेजाका सचिव शङ्कर थापाले ड्यालसमा महावाणिज्यदूतावास खुलेपछि प्रवासी नेपालीलाई राहत मिलेको बताउँदै दूतावासबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आपसी सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : ३२ बजे

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केखोलाको अतिक्रमण

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने