२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन



बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी बुटवल सडक खाना महोत्सवअन्तर्गत बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा, नेपाल नियमित रक्तदाता संघ तथा लायन्स क्लब अफ बुटवल डाइनामिक टुरिजमको सहकार्यमा महोत्सव स्थलमै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

महोत्सवको सचिवालय परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनाल, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा तथा कोषाध्यक्ष अर्जुन पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा सहभागी रक्तदाताहरूलाई सम्मान गर्दै आयोजकले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले रक्तदान जस्तो जीवनदायी कार्यमा व्यवसायिक क्षेत्रले सक्रिय भूमिका खेल्नु आवश्यक रहेको बताए । उनले यस क्षेत्रमा आफ्नो संस्था लामो समयदेखि नियमित रक्तदानमा सक्रिय रहँदै आएको उल्लेख गर्दै, धेरै मानिस भेला हुने स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्दा जनचेतना अभिवृद्धि हुनुका साथै नयाँ रक्तदाता थपिन सहयोग पुग्ने बताए ।

उनका अनुसार यस्ता कार्यक्रममार्फत करिब ९० प्रतिशतसम्म नयाँ रक्तदातालाई अभियानमा जोड्न सकिएको अनुभव छ । यसले आपतकालीन अवस्थामा रगतको अभाव न्यूनीकरण गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

कार्यक्रमका संयोजक गोकर्ण बहादुर रायमाझीले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले महोत्सवभित्रै रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनका अनुसार महोत्सवमार्फत नागरिकमा रक्तदानप्रति सचेतना फैलाउने र नयाँ रक्तदातालाई उत्प्रेरित गर्ने लक्ष्य लिइएको हो । कार्यक्रममा करिब ३० युनिट रगत संकलन भएको उनले बताए ।

पर्यटन, संस्कृति र सामाजिक उत्तरदायित्वलाई एउटै मञ्चमा जोड्दै सञ्चालन गरिएको बुटवल सडक खाना महोत्सवले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरिरहेको सहभागीहरूको भनाइ छ ।

 

 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ४ : ५६ बजे

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र