१८ पुस २०८२, शुक्रबार | January 2, 2026

विशेष महाधिवेशन पक्षधरहरु भन्छन् – अर्को विकल्पै छैन



काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको धारा १७ ९२० बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७–२८ गते गर्न माग गरेका छन् ।

उनीहरुले आज पत्रकार सम्मेलन गरी विधानले तोकेको विशेष महाधिवेशनका लागि दर्ता निवेदनको समयसीमा ‘तीन महिना’ अर्थात् यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्नेबारेमा दबाब दिएका छन् । उनीहरुले विशेष महाधिवेशनको विकल्प नभएको जिकिर गरे ।

विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरू देवराज चालिसे, प्रमोदहरि गुरागाईं, मनोजमणि आचार्य, सुवास पोखरेल, नारायणप्रसाद भट्टराईलगायतले केन्द्रीय कार्यसमितिले यही पुस २६ देखि २८ गते नियमित महाधिवेशनको मिति तोके पनि उक्त कार्यतालिकाका कार्यक्रम स्थगित भइसकेको अवस्थामा सो माग गरेका हुन्।

विधानले तोकेको समयसीमा (२०८२ मङ्सिर) भित्र १५औँ महाधिवेशन गर्न अन्यथा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गत असोज २९ गते देशभरका दुई हजार ४८८ (५४ प्रतिशत) महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको उनीहरुले अवगत गराएका छन्।

साथै उनीहरुले गत भदौ २३ देखि २४ गतेपछिको विशेष राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुरुपको बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनःनिर्माणका लागि विशेष निर्णय गर्न महाधिवेशन अपरिहार्यताबारे निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  २ : ३३ बजे

एमालेले गोरखा-२ बाट चक्रे मिलनलाई गर्यो प्रतिनिधिसभा उम्मेदवारको सिफारिस

काठमाडौं । नेकपा एमालेले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती

भदौ २३-२४ का घटनाबारे देउवा र प्रचण्डलाई जाँचबुझ आयोगको पत्र

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका

भेरी अस्पतालमा ‘भिरिङ्गी’ रोगसम्बन्धी अनुसन्धान सुरु

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान सुरु