१२ फाल्गुन २०८२, मंगलबार | February 25, 2026

काठमाडौंको तापक्रम यो वर्षकै न्यून बिन्दुमा, चिसो बढ्दै हिमाली क्षेत्रमा वर्षा-हिमपातको सम्भावना



काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्षकै हालसम्मको सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रेकर्ड गरिएको हो । यसले उपत्यकामा चिसो अझै बढ्दै गएको संकेत गरेको छ ।

यसअघि बिहीबार (पुस १७) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको थियो । आजको तापक्रम त्यसको तुलनामा अझै घटेर यो वर्षकै न्यून बिन्दुमा पुगेको विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको देशका १७ स्थानको तापक्रम विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम-४.९ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी डडेलधुराको न्यूनतम तापक्रम २.७, दिपायलको ६ र ताप्लेजुङको ५.८ डिग्री सेल्सियस रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसोको प्रभाव तीव्र देखिएको छ ।

मौसम पूर्वानुमानअनुसार आज कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रहनेछ भने बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ । तराई भू-भागका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ, जसले दैनिक जनजीवन, यातायात तथा स्वास्थ्यमा असर पार्न सक्ने देखिएको छ ।

रातिको मौसम अवस्थाबारे विभागले कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । यद्यपि ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा पुनः हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ । तराईका धेरै स्थानमा राति पनि हुस्सु लाग्ने विभागले जनाएको छ ।

बढ्दो चिसो र कुहिरोका कारण सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा विशेषगरी वृद्ध, बालबालिका र दीर्घरोगीलाई चिसोबाट जोगिन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : ११ बजे

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण

सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना

कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ

पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै

प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका

यस्तो छ शुधान्सु कोइरालाको चुनावी संकल्प पत्र (पूर्णपाठ)

नेपालगन्ज । प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का