२० पुस २०८२, आइतबार | January 4, 2026

‘वर्ड क्याम्प नेपाल २०२६’ बुटवलमा हुँदै



बुटवल । मोफसलमा वर्डप्रेससम्बन्धी ज्ञान, सीप र अवसरहरू विस्तार गर्ने उद्देश्यसहित वर्डप्रेस सम्मेलन ‘वर्ड क्याम्प नेपाल २०२६’ यस वर्ष बुटवलमा आयोजना हुने भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित विश्राम बाटिकामा आगामी माघ ९ र १० गते (जनवरी २३ र २४) सम्मेलनको आठौँ संस्करण सञ्चालन हुन लागेको हो ।

लुम्बिनी प्रदेशमै पहिलोपटक आयोजना हुन लागेको यस सम्मेलनबारे जानकारी दिन शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा वर्ड क्याम्प नेपाल २०२६ का स्थानीय संयोजक कृष्ण न्यौपानेले तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए । सन् २०१२ देखि नेपालमा आयोजना हुँदै आएको वर्ड क्याम्प विश्वव्यापी रूपमा सञ्चालन हुने वर्डप्रेससम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम भएको उनले बताए ।

उनका अनुसार यस सम्मेलनमा डेभलपर, प्लगइन तथा थिम निर्माता, डिजाइनर, सर्च इन्जिन अप्टिमाइजेसन (एसइओ) विशेषज्ञ, व्यवसायी, कन्टेन्ट क्रिएटर, विद्यार्थी लगायत वर्डप्रेससँग सरोकार राख्ने सबै वर्गका सहभागीले सहभागिता जनाउन सक्नेछन् । वर्डप्रेससँग सम्बन्धित नयाँ प्रविधि, ट्रेन्ड र अवसरबारे जानकारी लिने, नेटवर्क विस्तार गर्ने तथा करियरका लागि नयाँ सम्भावना खोज्ने अवसर सम्मेलनले प्रदान गर्ने न्यौपानेले बताए ।

वर्डप्रेस र कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग, वर्डप्रेस इकोसिस्टममा भइरहेको विकास, वेबसाइट निर्माण, सामग्री व्यवस्थापन तथा ई-कमर्स समाधानमा वर्डप्रेसको भूमिका जस्ता विषयमा छलफल हुने आयोजकले जनाएको छ । वर्डप्रेसमार्फत नेपालको बढ्दो डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने लक्ष्य पनि सम्मेलनले लिएको छ ।

मोफसलमा पहिलोपटक हुन लागेको यस सम्मेलनमा ८ सयभन्दा बढी सहभागीको सहभागिता हुने अनुमान गरिएको छ । हालसम्म ५ सयभन्दा बढीले अनलाइनमार्फत दर्ता गरिसकेको आयोजकले जनाएको छ । भैरहवा र लुम्बिनीजस्ता महत्वपूर्ण स्थानको नजिक रहेको बुटवलको छनोटले तराई क्षेत्रसहित देशका अन्य भागबाट पनि सहभागीहरू आकर्षित हुने आयोजकको विश्वास छ । प्राकृतिक सौन्दर्य, धार्मिक-सांस्कृतिक पहिचान, भ्यू-प्वाइन्ट र पार्कहरूले भरिएको बुटवल सम्मेलनका लागि उपयुक्त पृष्ठभूमि बन्ने आयोजकको भनाइ छ ।

वर्ड क्याम्प नेपाल २०२६ का ग्लोबल संयोजक राकेश लावाजुका अनुसार सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, अमेरिका तथा युरोपेली मुलुकबाट स्वदेशी र विदेशी सहभागीहरू सहभागी हुनेछन् । करिब २८ लाख रुपैयाँ लागत अनुमान गरिएको सम्मेलनको पहिलो दिनलाई ‘कन्ट्रिब्युटर डे’ का रूपमा मनाइनेछ । उक्त दिन सहभागीहरूले वर्डप्रेसको ओपन सोर्स प्रोजेक्टमा प्रत्यक्ष योगदान गर्ने अवसर पाउनेछन् ।

कन्ट्रिब्युटर डेमा टिम लिडरहरूले वर्डप्रेस थिम र प्लगइनको अनुमोदन प्रक्रिया, मापदण्ड तथा दिशानिर्देशबारे मार्गदर्शन गर्नेछन् । प्रोग्रामर तथा गैर-प्रोग्रामर दुवैका लागि वर्डप्रेस प्रोजेक्टमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा पनि प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

दोस्रो दिनलाई ‘कन्फरेन्स डे’ का रूपमा आयोजना गरिनेछ । यस दिन वर्डप्रेसका विभिन्न विषयमा आधारित सत्र, वर्कशप तथा प्यानल छलफल सञ्चालन हुनेछन् । वर्डप्रेस डेभलपमेन्ट, डिजाइन, व्यवसाय, सामग्री निर्माण र समुदाय निर्माणलगायत विषयमा विज्ञहरूसँग प्रत्यक्ष छलफल र अन्तरक्रिया हुने आयोजकले जनाएको छ । विश्वभर करिब ४३ प्रतिशत वेबसाइट वर्डप्रेसमा आधारित रहेको तथ्यलाई पनि सम्मेलनमा प्रस्तुत गरिनेछ ।

सम्मेलनमा सहभागी हुन इच्छुकहरूले वर्ड क्याम्प नेपाल २०२६ को आधिकारिक वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् । विद्यार्थीका लागि १ हजार २ सय रुपैयाँ र अन्य सहभागीका लागि २ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ६ : ३० बजे

महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय

देउवाले संस्थापन पक्षका पदाधिकारी पूर्वपदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी

प्रधानमन्त्री कार्कीलाईं थारू कल्याणकारिणी सभाले दियो माघी महोत्सवको निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई आज थारू कल्याणकारिणी सभाको एक

मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर

एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्ड बीच भेटवार्ता, गठबन्धन र रणनीतिबारे छलफल तीव्र

काठमाडौं । मुलुक निर्वाचनको तयारीमा प्रवेश गरेसँगै प्रमुख राजनीतिक दलका