२१ पुस २०८२, सोमबार | January 5, 2026

रुसी सेनामा भर्ती भएका बैतडीका एक युवकको मृत्यु



बैतडी । रुसी सेनामा भर्ती भएर रुस-युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ ।

करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका-७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए ।

भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्यु भएको खबर परिवारलाई दिइएको उनले जानकारी दिए ।

मृतक भाटको घरमा आमा-बुबा, भाइ र श्रीमती छन् । भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका-९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो । सोही समयदेखि भाटको खोजी भइरहेको थियो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : ३७ बजे

बुटवलमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कारको ठक्कर, उपचारका क्रममा मृत्यु

बुटवल । बुटवलको रामनगरमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीका

एमालेको सचिवालय बैठक मङ्गलबार बस्ने, कांग्रेस कार्यसम्पादनको बैठकको निरन्तरता

काठमाडौँ । निर्वाचन नजिकिएसँगै प्रमुख दलहरुले बैठकलाई तिब्रता दिएका छन्

संसद विघटनमा आफ्नो समर्थन नरहेको प्रचण्डको खुलासा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी

बुटवल । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच

नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता

नारायणगढ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी