नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमालेले बाँकेबाट प्रत्यक्षतर्फ उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । एमालेका क्षत्रीय समन्वय समितिको छुट्टाछुट्टै बैठकले प्रत्यक्ष तर्फका उम्मेदवारका लागि प्रदेश समितिका तर्फबाट सिफारिस गरेको हो ।
एमालेले बाँके क्षेत्र नम्बर १ बाट केन्द्रिय सदस्य सूर्य ढकालको एकल नाम सिफारिस भएको छ । ढकाल निवर्तमान सांसद पनि हुन् । क्षेत्रीय समन्वय समितिका संयोजक कुश्माखर बस्यालका अनुसार क्षेत्रीय समन्वय समितिको बैठकले ढकालको एकल नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष निरक गुरुङ, कृष्ण प्रसाद श्रेष्ठ र अछरी पोख्रेलको नाम सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक भाष्कर काफ्लेले जानकारी दिए ।
उता बाँके क्षेत्र नम्बर ३ बाट भने अघिल्लो प्रतिनिधिसभा निर्वाचनअघि एमाले छाडेर माओवादीमा प्रवेश गरेका पूर्व मन्त्री दल बहादुर सुनारको एकल नाम सिफारिस गरेको छ । सुनारको नाम सिफारिस प्रति एमालेका कार्यकर्ताहरुले असन्तुष्टी जनाएका छन् ।


















प्रतिक्रिया