३१ भदौ २०८३, बुधबार | September 16, 2026

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल



खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा एमालले दलबहादुर सुनारलाई दिने भनिएको उम्मेदवारको टिकट खोसेर सुमन मल्ललाई दिएको छ । जिल्लाबाट एकल र प्रदेशबाट १ नम्बरमा सिफारिस भएका दलबहादुर सुनारलाई दिइएको टिकट आज एक्कासी परिवर्तन गर्दै सुमन मल्ललाई दिइएको हो ।

जिल्ला र प्रदेशबाट सिफारिस भए बमोजिम दलबहादुर सुनारलाई दिइएको भनिएको टिकट पार्टी केन्द्रले मल्ललाई दिने निर्णय आएको एमाले बाँकेका इन्चार्ज शान्ति ढकालले बताइन् । सुमनको पार्टीको कुनै तहबाट पनि सिफारिस भएको थिएन ।

सुनारले आजै मात्र निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समन्वय समितिको भेलाबाट चुनावी दौडाहा सुरु गरेका थिए । क्षेत्री समितिको भेलाले सुनारलाई विजयी बनाउन विभिन्न सकिति समेत गठन गर्ने प्रक्रिया थालेको थियो ।

सुनारलाई टिकट दिने निर्णय भएपछि एमाले बाँकेका प्रभावशाली नेताहरुले असन्तुष्टी प्रकट गरेका थिए । अघिल्लो निर्वाचनमा एमाले परित्याग गर्दै माओवादीमा प्रवेश गरेर माओवादीको एउटा गुटको उम्मेदवार बनेका सुनारलाई टिकट दिइएको भन्दै एमाले भित्र विरोधका स्वरहरु उठेका थिए ।

बाँकेमा २ मा पनि एक्कासी जसपा उपमहासचिव मो. इश्तियाक राइलाई केन्द्रले टिकट दिएर पठाएपछि जिल्लामा असन्तुष्टीका आवाज सुनिएका छन् । निरन्तर पार्टी र संगठनका लागि अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई बेवास्ता गर्दै अकैं पार्टीका व्यक्तिलाई टिकट दिएको भन्दै बाँकेमा कार्यकर्ताहरुले असन्तुष्टी व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : २६ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०