१६ श्रावण २०८३, शनिबार | August 2, 2026

एमाले बाँकेमा उम्मेदवार सिफारिस सच्याउन माग



खजुरा । बाँके निर्वाचन क्षेत्रनम्बर ३ बाट सिफारिस भएका उम्मेदवार विरुद्ध आकााक्षीहरुले निर्णय सच्याउन माग गरेका छन् । आकाँक्षीहरुले उम्मेदवार छनौट कार्यबिधि र अपानीको उल्लंघन भएको जनाउँदै निर्णय सच्याउन माग गरेका हुन् ।

उनीहरुले एमाले जिल्ला कमिटीलाई निवेदन गर्दै दाबेदारहरुसँग मौखिक वा लिखित सहमति नलिई बिधि विपरित क्षेत्रीय समन्वय समितिले एकल उम्मेदवारको नाम सिफारिस गरेको आरोप लगाएका छन् । क्षेत्रीय समन्वय समितिको निर्णयले दाबेदारहरुको अधिकार हनन् भएको जनाउँदै दाबेदारहरुले बिधि विपरित सिफारिस गर्ने कमिटीमाथि कारवाही गर्न माग गरेका छन् ।

यस्तो माग गर्नेहरुमा बाँके जिल्ला कमिटीका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, चन्द्रबहादुर चौधरी, भक्तबहादुर केसी, अब्दुल करिम खान, लालबहादुर खत्री, पदमबहादुर धिताल र इ. विवेक लामिछाने रहेका छन् ।

उनीहरुले एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्यहरु शान्ति ढकाल, सुर्य ढकाल,  हारुन कादरी र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेललाई बोधार्थ समेत दिएका छन् । पूर्व अध्यक्ष कक्षपति अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार हुन् भने अहिले सिफारिस भएका दरबहादुर सुनार अघिल्लो निर्वाचनमा एमालेका बिद्रोही उम्मेदवार हुन् ।

उता बाँके क्षेत्र नम्बर १ मा पनि केन्द्रीय सदस्य सुर्य ढकालको एकल सिफारिस भएपछि नरैनापुर गाउँ कमिटीले क्षेत्रीय समन्वय समितिको बैठक बहिस्कार गर्दै सिफारिस सच्याउन माग गरेको छ ।

एमाले बाँकेमा महाधिवेशन प्रतिनिधि चयन देखि नै ओली गुटभित्रैबाट दुईवटा समुह सक्रिय रहँदै आएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : ५४ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा