वीरगञ्ज । वीरगञ्जमा हिजोसाँझदेखि लगाईदै आएको कर्फ्यू हटाइएको छ ।
दुई धार्मिक समुदायबीचको तनावपछि हिजो साँझ ६ बजेदेखि निरन्तर कर्फ्यू लगाईंदैआएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा आज भएको सर्वपक्षीय भेलामा सहमति जुटेपछि कर्फ्यू हटेको हो । भेलामा पाँचबुँदे सर्वदलीय सहमति गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको सूचनामा भनिएको छ, “सर्वदलीय सहमति र जिल्लाको शान्ति सुरक्षा व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन र व्यापार व्यवसाय निर्वाध रूपमा गर्न सकिने अवस्था सिर्जना भएको भन्दै मिति २०८२।०९।२२ गते अपरान्ह ३स्३० बजेबाट उक्त कर्फ्यू आदेश हटाइएको छ।”


















प्रतिक्रिया