काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा नेकपाले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा कसैसँग कुनै गठबन्धन नहुने बताएका हुन् ।
आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धन हुने राजनीतिक चर्चाका बीच प्रचण्डले गठबनधनलाई अस्विकार गरेका हुन् ।
दलका नेताहरुबीचको भेटघाटलाई स्वाभाविक बताउँदै प्रचण्डले भेटघाटका क्रममा गठबन्धनको केही कुरा नभएको स्पष्ट पारे ।
उनले आफू रवि–बालेन एकताबाट नडराएको बताउँदै आफू नेतृत्वको सरकारमा रास्वपा सभापति लामिछानेलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गरे ।
उनले दिल्लीमा आयोजना गरिएको एकता सभा कामको भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको बताए।


















प्रतिक्रिया