२५ पुस २०८२, शुक्रबार | January 9, 2026

जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसङ्गठनहरुलाई सक्रिय हुन निर्देशन दिएका छन् ।

एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसङ्गठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताएका हुन् । संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त उपलब्धिको रक्षाका रुपमा लिइएको उनको भनाइ थियो ।

बैठकमा सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ । पार्टीको ‘सर्कुलर’अनुसार सबै जनसङ्गठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेसागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पु¥याउनुपर्ने महासचिव पोखरेलले बताताए ।

बैठकमा पार्टीका सचिव एवं सङ्गठन विभागका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : २२ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा