२६ पुस २०८२, शनिबार | January 10, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा स्टाफ नर्सहरूका लागि ३ दिने अभिमुखिकरण सम्पन्न



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा स्टाफ नर्सहरूका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । करार सेवा अन्तरगत अस्पतालको छनोट प्रक्रियामा सफल भई सेवा प्रवेश गर्न लागेका ३० जना स्टाफनर्सहरुलाई नर्सङ विभागले अभिमुखिकरण गरेको हो ।

सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले सेवाग्राहीमा करुणा भाव पैदा हुनेगरी सेवामा समर्पित हुन आग्रह गरे । अस्पतालमा प्रवेश गरिसकेपछि आफ्नो ड्यूटी समयमा व्यक्तिगत वा पारिवारिक कुराहरुलाई भुलेर सेवाग्राहीले सुरक्षित र आत्मियता महुशस गर्नेगरी व्यवहार प्रस्तुत र समर्पित हुन आग्रह गरे ।

अस्पतालमा कार्यरत चिकित्सक, स्टाफनर्स तथा कर्मचारीहरुको आवश्यकता र अधिकारका सवालमा अस्पताल प्रशासन सधै सचेत र गम्भीर रहने बताउँदै उनले सामुहिक भावनाले अघि बढ्न आग्रह गरे । सेवा प्रवेश गरेका स्टाफ नर्सहरुलाई शुभकामना व्यक्त गर्दै अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवाग्राहीले गुनासो गर्ने ठाउँ नराख्नेगरी पेसामा प्रतिवद्ध रहन सुझाव दिए ।

अस्पतालका नर्सिङ विभाग प्रमुख नेहा थापाले पेसागत मर्यादा र जिम्मेवारीमा प्रतिवद्ध भएर काम गर्न सकेमा मात्रै जिवनमा थप सफलता हासिल गर्न सकिने बताइन । अभिमुखिकरणमा सहभागीहरुको तर्फबाट बोल्दै सञ्जु काफ्लेले ३ दिनको कार्यक्रमले पेसामा थप समर्पित र उर्जा पैदा गराएको अनुभव व्यक्त गरिन । आफूले विभिन्न स्वास्थ्य संस्थाहरुमा काम गरेको अनुभव र प्रादेशिक अस्पतालमा सेवा प्रवेश गर्दाको अनुभवमा धेरै कुरा फरक पाएको उल्लेख गर्दै उनले काठमाडौंका उत्कृष्ट स्वास्थ्य संस्थाहरुमा जस्तै यहाँ पनि नौलो र सिर्जनात्मक अभ्यासको अनुभव प्राप्त गर्न सफल भएको उल्लेख गरिन् ।

तीन दिने अभिमुखिकरणमा अस्पतालबाट प्रवाह हुने सेवा तथा सेवाग्राही बीच गर्नु पर्ने समन्वय, प्रशासनिक सुशासन, जीवनको आधारभूत कला लगायतका विषयमा सहजिकरण गरिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ३९ बजे

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, प्रतिनिधिसभा निर्वाचन तयारी र सल्लाहकार परिषद् गठनमा छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार)देखि सुरु

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने

होराइजन जीबीएसको साताव्यापी वार्षिक उत्सव तथा खेल सप्ताह सुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा-१, ड्राइभरटोलमा रहेको होराइजन जीबीएस स्कूलले विभिन्न

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण