२६ पुस २०८२, शनिबार | January 11, 2026

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन



काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ ।

केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ्य भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाले । उनका पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका श्रीमती, दुई छोरा छन ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ४४ बजे

कांग्रेस विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्नेमा कांग्रेस निकट पत्रकारहरूको जोड

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आबद्ध

भोलिदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन हुँदै

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तानसेन । यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको हो : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नाम नै