३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

चालिस माइक्रोभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा सक्रिय विभाग



काठमाडौं । प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा चुनौती देखिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।

पछिल्ला केही दिनदेखि विभागले प्लास्टिक उत्पादन गर्ने उद्योग, बिक्री वितरण गर्ने फर्ममा स्थलगत अनुमगन गर्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्रीवितरण नगर्न सचेत गराएको छ ।

सोही क्रममा विभागले शुक्रबार बालकुमारी प्लास्टिक उद्योग ललितपुरलाई ५० हजार जरिवाना गरेको छ । नियमित बजार अनुमगन गर्दै आएको विभागले सो उद्योगले उत्पादन वस्तुको कारखाना मूल्य नराखेको एवम् उद्योग दर्ताको प्रमाणपत्र आम सर्वसाधारणले देख्ने गरी नराखेकाले जरिवाना गरिएको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ मा बजार अनुमगन तथा निरीक्षण गर्दा तत्काल प्राप्त प्रमाणका आधारमा निरीक्षण अधिकृतले ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम सो उद्योगलाई जरिवाना गरिएको विभागले प्रष्ट पारेको छ ।

यस्तै, एटिएल प्रोडक्सन हाउसलाई ५१ हजार जरिवाना गरिएको छ । सो उद्योगले पनि सर्वसाधारणले देख्ने गरी उद्योग दर्ताको प्रमाणपत्र नराखेको पाइएकाले नगद जरिवाना गरिएको विभागले जनाएको छ ।

पछिल्ला केही दिनदेखि विभागले वातावरण संरक्षण गर्ने ध्येयका साथ प्लास्टिकको उत्पादन तथा बिक्री वितरणमा देखिएको वेथिती नियन्त्रणमा लागि परेको छ । विभागले ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोला बिक्री वितरण नगर्न उद्योग, वितरण तथा आयातकर्तालाई सचेत गराउँदै आएको छ ।

शुक्रबार त्यस्ता १२ वटा उद्योग वा फर्ममा निरीक्षण गरेको विभागले बिहीबार १९ वटामा अनुमगन गरेको थियो । प्लास्टिकको अनाधिकृत एवम् अत्याधिक प्रयोगका कारण वातावरण संरक्षणमा चुनौती देखिएकाले विभागले सक्रियता देखाएको हो ।

यस्तै, पुस २३ गते बुधबार चारवटा फर्मलाई एक लाख १० हजार रुपैयाँ जरिवाना गरेको थियो । त्यसदिन १४ वटा फर्ममा अनुमगन गरेको थियो । यही पुस २२ गते मंगलबार १७ वटा फर्ममा अनुमगन गर्दै दुई वटालाई ७० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ०८ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।