२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रास्वपासँगको एकता भंग भएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको पार्टी एकता सहमति भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको अध्यक्ष पद सम्हाल्ने भएका छन् । पार्टीले शनिबार औपचारिक कार्यक्रममार्फत उनलाई अध्यक्ष पदमा स्वागत गर्ने तयारी गरेको छ ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डा. महेन्द्र लावतीका अनुसार नवनियुक्त अध्यक्ष घिसिङसँग प्रेस भेटघाट कार्यक्रमसमेत आयोजना गरिनेछ । उक्त कार्यक्रम शनिबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ । कार्यक्रममा पार्टीको भावी राजनीतिक दिशा, संगठन सुदृढीकरण तथा आगामी गतिविधिबारे अध्यक्ष घिसिङले धारणा सार्वजनिक गर्ने बताइएको छ ।

गत पुस १४ गते रास्वपा र उज्यालो नेपाल पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको सहमति भएको थियो । सहमतिअनुसार उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरिएको थियो । तर एकता कार्यान्वयनका क्रममा विचारधारा, नेतृत्व संरचना, पदाधिकारी संख्या तथा जिम्मेवारी बाँडफाँडका विषयमा विवाद चर्किँदै गएपछि दुई सातामै सहमति भाँडिएको हो ।

रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच शुक्रबार र शनिबार भएका छलफलहरू निष्कर्षविहीन भएपछि एकता प्रक्रिया औपचारिक रूपमा संकटमा परेको थियो । स्रोतका अनुसार कुलमानले रास्वपाको विचारधारा लोकतान्त्रिकभन्दा वामपन्थी बनाइनुपर्ने, पार्टीको मूल दर्शन समाजवाद हुनुपर्ने, केन्द्रीय सदस्य संख्या ३३ जना कायम गर्नुपर्ने र वरिष्ठ उपसभापति तथा एक महामन्त्री पदको माग राखेका थिए । यी मागमा सहमति नजुटेपछि एकता प्रक्रिया टुटेको बताइएको छ ।

यसअघि सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको विषयलाई लिएर चर्को आलोचना भएपछि कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित तीन मन्त्रालयबाट राजीनामा दिएर रास्वपासँग औपचारिक वार्ता सुरु गरेका थिए । तर विचारधारात्मक मतभेद र संगठनात्मक संरचनामा सहमति नजुट्दा एकता दीर्घकालीन हुन सकेन ।

एकता प्रयासमा सुदन गुरुङले मध्यस्थकर्ताको भूमिका खेले पनि विचारधारासहितका मुद्दामा विवाद समाधान हुन नसकेपछि अन्ततः सहमति भाँडिएको हो । अब कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्दै पार्टीलाई पुनर्गठित गरी आफ्नै राजनीतिक बाटो अघि बढाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ५ : ०४ बजे

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा