२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बुटवलमा दोस्रो राष्ट्रिय प्राणीशास्त्र सम्मेलन सुरु, जैविक विविधता र मानव-वन्यजन्तु द्वन्दमा छलफल



बुटवल । प्राणीशास्त्र सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा सुरु भएको छ । प्राणीशास्त्र केन्द्रीय विभाग र नेपाल जियोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा शनिबारदेखि नेशनल कंग्रेस अफ जियोलोजी (एन सी जेट) शनिबारदेखि सञ्चालन भएको हो ।

सम्मेलनको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेले गरेका थिए । उनले प्राणीको अध्ययन र अनुसन्धानको आवश्यकता औंल्याउँदै आगामी वर्ष बुटवलमा आयोजना हुने सम्मेलनका सम्पूर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा नेपाल जियोलोजिकल सोसाइटीका महासचिव डा. हरिप्रसाद शर्माले माछा देखि हात्तीसम्मका प्राणीको तथ्याङ्क संकलन भइरहेको र त्यसको प्रतिवेदन सरकारलाई बुझाइने जानकारी दिए । प्रदेश अध्यक्ष बाबुराम बन्जाडेले सातै प्रदेशका प्राणीशास्त्रीहरूको उपस्थितिमा दुई दर्जन कार्यपत्र पेश हुने र दुई दिने सम्मेलनपछि बुटवल घोषणा पत्र जारी हुने जानकारी दिए ।

सम्मेलनको उद्देश्य प्राज्ञिक, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूलाई प्राणी विज्ञानका सबै पक्षमा अनुसन्धानका निष्कर्ष प्रस्तुत गर्ने अवसर प्रदान गर्नु रहेको नेपाल जियोलोजिकल सोसाइटीका अध्यक्ष प्रा.डा. महेन्द्र महर्जनले बताए । उनले जैविक विविधता, पारिस्थितिक प्रणाली, मानव-वन्यजन्तु द्वन्द र त्यसको न्युनिकरण लगायतका विषयमा विशेष छलफल हुने जानकारी दिए ।

सम्मेलनको पहिलो दिन बुटवलमा कार्यक्रम सम्पन्न भएपछि दोस्रो दिन नुवाकोटमा सेमिनार आयोजना हुने व्यवस्था गरिएको छ । बुटवल उपमहानगरपालिकाले सम्मेलनलाई मुख्य सहयोग गरेको छ, जसले वैज्ञानिक अनुसन्धान र प्राणीशास्त्रको क्षेत्रमा विद्यार्थी र अनुसन्धानकर्तालाई महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ५४ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम