१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नेपाल जियोलोजिकल सोसाइटीको अध्यक्षमा डा. शर्मा निर्वाचित



बुटवल । नेपाल जियोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा निर्वाचित भएका छन् । जियोलोजीको दोस्रो राष्ट्रिय सम्मेलनका सन्दर्भमा बुटवलमा सम्पन्न १३ औं साधारणसभाले शर्माको नेतृत्वमा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जियोलोजिकल सोसाइटी प्राणी शाष्त्रमा स्नातकोत्तरदेखि विद्यावारिधी गरेका प्राज्ञिकहरुको साझा संस्था हो । सोसाइटीको उपाध्यक्षमा राजेन्द्र सुवाल,महासचिवमा डा. विष्णुप्रसाद भट्टराई,सचिवमा बाबुराम बन्जाडे र कोषाध्यक्षमा डा. पूजा जैसवाल निर्वाचित भएकी छन् ।

यस्तै कार्यसमति सदस्यहरुमा डा. रमा मिश्र,डा. दीपक गुप्ता,माया उपाध्याय,शालिकराम अधिकारी,डा.जगन्नाथ अधिकारी,डा. राजेन्द्र बस्यौला,गंगा शाह,चेतराज भट्ट र कमलकुमार शर्मा निर्वाचित भएका सचिव बाबुराम बन्जाडेले जानकारी दिए । नयां नेतृत्वको कार्यकाल दुई वर्ष रहेको छ ।

सोसाइटीका नव निर्वाचित अध्यक्ष डा. शर्माले सरकारी निकायहरुमा जोलोजिष्टहरुको नियुक्ति र सहभागिता न्यून रहेकाले बढाउन नीतिगत पहल गर्ने,प्रदेश स्तरमा जैविक विविधता, माछा देखि हात्तीसम्मका प्रजातिका प्राणीको तथ्यांक संकलन र अनुसन्धान, बांदर लगायत कतिपय वन्यजन्तुका कारण बालीनालीमा वर्षेनी करोडौं क्षति भएकाले बांदरको संख्या नियन्त्रण लगायत विषयमा सरकारलाई सुझाव दिने बताए ।

दुईदिने राष्ट्रिय सम्मेलनकै अवसरमा नेपाल जियोलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको पनि साधारणसभा भएको छ । साधारणसभाले कमलकुमार शर्मा अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा अमर केसी, महासचिवमा श्रीराम न्यौपाने, कोषाध्यक्षमा कमला खत्री, सचिव अब्दुल हाकिम खान निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा नारायण बराल, बुद्धिराम ओली, आदेश ओली, शिवराज न्यौपाने,दीपा शर्मा र विशाल आचार्य निर्वाचित भएका अध्यक्ष शर्माले जानकारी दिए । देशभर तीनसय जोलोजिस्टहरु रहेका सोसाइटीले जनाएको छ ।

राष्ट्रिय सम्मेलनमा डा. कुमार सापकोटा, डा. चन्द्रमणि शर्मा,डा. पुष्पराज आचार्य,लुम्बिनी प्रदेश पर्यटन विकास परिषदका कार्यकारी प्रमुख रामु जोशी लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ५७ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’