काठमाडौं । उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० जना केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रहेकाले राजनीतिक विवाद थप गहिरिएको छ ।
शनिबार उज्यालो नेपाल पार्टी र रास्वपा बीच भएको एकता भंग भएपछि डा. जोशी समूह रास्वपामै रहेकाले पार्टी भित्र विभाजन देखिएको छ । डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक र दोस्रो वरीयताका नेताका रूपमा परिचित थिए ।
यस घटनापछि कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् । तर पार्टीका केही केन्द्रीय सदस्यहरू रास्वपामा बसेको कारण पार्टी भित्र एकताको कार्यान्वयनमा चुनौती देखिएको छ ।
उज्यालो नेपाल पार्टीले हालसम्म ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइसकेको छ । यसमा २० केन्द्रीय सदस्यहरू भने पूर्व सहमति अनुसार रास्वपामा रहने देखिन्छ, जसले पार्टी भित्र रणनीतिक र संगठनात्मक विभाजन उत्पन्न गरेको छ ।
यो घटनाले आगामी निर्वाचन र दुवै पार्टीको राजनीतिक तालमेलमा प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।


















प्रतिक्रिया