काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले माघ ४ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान र अन्त्य गर्छन् । प्रतिनिधिसभाको अवधि सकिए वा विघटन भएपनि राष्ट्रियसभा अविच्छिन्न रुपमा रहिरहन्छ ।
गत भदौ २३/२४ मा भएको जेनजी विद्रोहपछि राष्ट्रियसभाको बैठक पहिलोपटक बस्न लागेको हो । भदौ २४ गते प्रदर्शनकारीले संघीय संसद भवनलाई आगो लगाएर ध्वंस गरेका थिए । त्यसपछि बनेको नयाँ अन्तरिम सरकारले भदौ ३१ गते राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
आफ्नो भवन नरहेका कारण यसपटक राष्ट्रियसभाको बैठक सिंहदरबारस्थित पुरानो राष्ट्रियसभा भवनमा बस्ने भएको छ ।


















प्रतिक्रिया