२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित, भोलि निर्वाचन



काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्ताव पारित भएका छन् ।

सोमबारको बन्दसत्रमा महामन्त्री थापाले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव र शर्माले राखेको पार्टीको साङ्गठनिक प्रस्ताव आजको बन्दसत्रले पारित गरेको हो ।

सोमबारदेखि सुरु भएको बन्दसत्रमा सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिका छुट्टाछुट्टै नौ समूह बनाएर गहन छलफल गरी आज पारित गरिएको हो । विशेष महाधिवेशनले मौजुदा बिधानमा रहेको सदस्यता र सांगठानिक संरचनाको विषयमा पनि प्रस्ताव पास गरेको छ । महामन्त्री शर्माको बिधान सम्बन्धी प्रस्तावलाई प्रतिनिधिहरुले ध्वनीमतले पारित गरेका हुन् ।

यस्तै, आजै दिउँसोदेखि निर्वाचनका कामलाई समेत अगाडि बढाइएको छ । आज उम्मेदवारी दर्ता गरी बुधबार मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : ०२ बजे

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा