३० पुस २०८२, बुधबार | January 14, 2026

शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ



तनहुँ । तनहुँंको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए ।

उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ ।

मृत भेटिएका शुक्लागण्डकी नगरपालिका-११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका-८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छभने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ७ : ५३ बजे

कांग्रेसको त्रिपक्षीय वार्ता पुनः सुरु हुँदै, देउवाको भूमिकालाई लिएर सहमतिको प्रयास

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद

सिन्धुलीको एसबीआई बैंकमा लुटपाट, सुरक्षा गार्डको हात काटियो

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र

नेकपा र सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी

शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

तनहुँ । तनहुँंको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा

झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने

झापा । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते