सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।
खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवार रहेको प्रहरीले जनाएको छ । नेवारलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।


















प्रतिक्रिया